Kathmandu Press

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

बाँके, भदाै १ : बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ...
छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

बाँके, भदाै १ : बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो। 

नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो।

Hardik ivf

नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा  बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए। अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढायएको उनले बताए। 

त्यस्तै कोहलपुर–७ स्थित जङ्गलमा आज एक बालकको शव फेला परेको छ। कोहलपुर–१४ का अन्दाजी १६ वर्षीय बालकको शव फेला परेको प्रहरी नायव उरीक्षक घर्तीले जानकारी दिए। उनको शरीर र टाउकोमा चोट छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्