Kathmandu Press

दक्षिण कोरियामा १ लाख ८० हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा १ लाख ८० हजारभन्दा बढी सङ्क्रमित

साेल, भदाै १ : दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ।
    
केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ। अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ४६९ जनाको अवस्था गम्भीर रहेको छ। यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ।  

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ। यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्