Kathmandu Press

एक भारतीय सैनिक बेपत्ता भएको ३८ वर्षपछि मृत फेला

नयाँदिल्ली, भदाै १ : पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ।भारत स्वतन्त्रता दिवसको...
एक भारतीय सैनिक बेपत्ता भएको ३८ वर्षपछि मृत फेला

नयाँदिल्ली, भदाै १ : पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ।

भारत स्वतन्त्रता दिवसको ७५औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक एकाइले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्विट गरेको छ। 

सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो।  भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नको लागि छोटो युद्ध लडेका थिए। यो  विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो।

लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ। स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ।

गस्तीका क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ। उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्