Kathmandu Press

सानीभेरीमा भेटियाे युवकको शव

दाङ, भदौ १ : रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव भेटिएको छ।सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचमा रहेको टापुमा अन्दाजी ३० वर्षिय युवकको...
सानीभेरीमा भेटियाे युवकको शव

दाङ, भदौ १ : रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव भेटिएको छ।

सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचमा रहेको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

नदीको बीचमा अड्किएको ठाउँबाट शव निकालिए मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको। घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्