Kathmandu Press

अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त

काठमाडौं, भदौ १ : अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेल नियुक्त भएका छन्।

राष्ट्र बैंकबाट काजमा मन्त्रालय तानिएका उनले आजै कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीमा पुनः नियुक्ति भएसँगै शर्माले पोखरेललाई विज्ञ सल्लाहकारमा पुनः  नियुक्त गरेका हुन्।  

दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएपछि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरिसकेका छन्।

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्