Kathmandu Press

युक्रेनका राष्ट्रपतिले राष्ट्रसंघीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने

किभ, भदाै १ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसंंघका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने भएका छन्।उनले यसै...
युक्रेनका राष्ट्रपतिले राष्ट्रसंघीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने

किभ, भदाै १ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसंंघका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने भएका छन्।

उनले यसै साता उहाँहरुसँग भेटवार्ता गर्न लागेको कुरा महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो।

Hardik ivf

सो भेटवार्ता युक्रेनमा नै हुने भएको छ। समाचारमा जनाइएअनुसार सो भेट युक्रेनको पश्चिमी सहर एलभिवमा हुन लागेको हो। बिहीबार हुन लागेको सो भेटवार्ताको एजेन्डाबारे भने केही जानकारी दिइएको छैन। त्यसपछि शुक्रबार राष्ट्रसंघीय महासचिव गुटर्रेसले युक्रेनको दक्षिणी ओडेसा सहरको बन्दरगाह भ्रमण गर्नुहुने पनि बताइएको छ।

यही जुलाई २२ मा संयुक्त राष्ट्रसङ्घको समेत उपस्थितिमा सो बन्दरगाहबाट युक्रेनका र अन्य देशबाट आएका खाद्यान्न निकासी गर्न दिने बारेमा युक्रेनले हस्ताक्षर गरेको थियो।

सो सम्झौता अगष्ट १ देखि कार्यान्वयनमा आएको छ र त्यसयता उक्त बन्दरगाहबाट मात्र पाँच लाख ६३ हजार मेट्रिक टन खाद्यान्न निर्यात पनि भएको छ।

युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ। अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ। रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन। 

प्रकाशित मिति: १२:०७ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्