Kathmandu Press

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं, भदौ १ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बैठक बस्न लागेको...
माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं, भदौ १ : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बैठक बस्न लागेको जनाइएको छ। बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका विषयमा छलफल हुने भएको छ।

मंगलबारको बैठकमा माओवादीको चुनाव चिह्नमा चुनावमा जाने नेपाल समाजवादी पार्टी नेसपा र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानको प्रस्तावलाई स्वीकार गर्ने निर्णय भएको थियो। जसअनुसार, मंगलबार निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

आजको बैठकमा चुनावी रणनीति, गठबन्धनको सीट बाँडफाँडाको विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, भदौ १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्