Kathmandu Press

१६ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त 

काठमाडौं, साउन ३१ : कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका २ टार ठेगाना भएका ३६ वर्षीय राम कुमार मगर...
१६ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त 

काठमाडौं, साउन ३१ : कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका २ टार ठेगाना भएका ३६ वर्षीय राम कुमार मगर घटनाको १६ वर्षपछि पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको कोटेश्वरस्थित सडकमा २०६३ साउन २ गते राति कुटपिट एवं धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका मगर वैदेशिक रोजगारीको लागि कतारमा रहेको खुलेको थियो । 

त्यसपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई रेड कर्नर नोटिस जारी गर्न २०७८ चैत २४ गते लेखापढी भएकोमा सोही शाखाको समन्वयमा कतारबाट नेपाल ल्याई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा बुझाइएको हो ।

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, साउन ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्