Kathmandu Press

सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिता : सञ्चारमन्त्री कार्की

काठमाडाैं, साउन ३१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन। जनआकाश साप्ताहिकको १५औँ...
सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिता : सञ्चारमन्त्री कार्की

काठमाडाैं, साउन ३१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सिर्जनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन। जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गरे। संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो।

जनआकाश साप्ताहिकलाई शुभकामना व्यक्त गर्दै उनले भने, 'स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ, तपाईंहरुलाई पनि यही लागेको होला र म पनि त्यसैमा विश्वास गर्छु।'

Hardik ivf

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले आमसञ्चार माध्यम र पत्रकार तथा सञ्चारकर्मीका साझा मुद्दाका बारेमा सरकारको ध्यानाकर्षण गराए। महासङ्घका केन्द्रीय सदस्य शान्तराम बिडारीले सरकारले ज्येष्ठ पत्रकार जीवनवृत्ति कोषका लागि पत्रकारले उठाएका माग सम्बोधन गरेकाेमा मन्त्री कार्कीको प्रसंशा गरेका थिए।

कार्यक्रममा कलाकारद्वय सुवास गजुरेल र उत्तम केसी नेपाललाई सम्मान गरिएको थियो। त्यसैगरी जनआकाश राष्ट्रिय जनसेवा सम्मान, २०७९ नेपाल सरकारका लेखा परीक्षक सुनिल बस्नेत, ‘जनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषक’ सम्मान २०७९ लेखक तिलकप्रसाद लुइँटेल, ‘जनआकाश  शिक्षा’ सम्मान २०७९ मनास्लु कलेजका कार्यकारी निर्देशक मीनकुमार मोक्तान, ‘जनआकाश बैंकिङ’ सम्मान २०७९ एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ‘कवि एवं साहित्यकार’ सम्मान २०७९ कवि एवं साहित्यकार विनोद नेपाललाई सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्