Kathmandu Press

भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित

नयाँ दिल्ली, साउन ३१ : भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक...
भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित

नयाँ दिल्ली, साउन ३१ : भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ। भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ सङ्क्रमित भएका थिए।  

कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोना मुक्त भएका छन्। यसैसँगै  कूल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन्।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, साउन ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्