Kathmandu Press

साउदीमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

साउदीमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
संकेतिक तस्बिर

रियाद, साउन ३१ : मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ।

विमानस्थलबाट उडान भरेको केही समयपछि मङ्गलबार बिहान हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ। साउदी विमानमा तालिमरत एकजना चालक मात्र सवार थिए।

विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो। दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, साउन ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्