Kathmandu Press

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ
Hardik ivf

काठमाडौं, साउन ३१ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्