Kathmandu Press

झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य

झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य

झापा, साउन ३१ : झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ।    

यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 
    
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक–४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना८ख ३३३३ नंको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं. १–०४–००१ प।२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। 

Hardik ivf

उक्त दुर्घटनामा स्कुटर चालक नायक सख्त घाइते भएपछि दकमस्थित निम्स अस्पताल लगिएकामा  थप उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । 

उनको उपचारकै क्रममा आज निधन भएको हो । ट्रक चालक अर्जुनधारा–५ का ३८ वर्षीय मातृका दनुवारसहित सवारी साधन इलाका प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्