Kathmandu Press

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो

अर्घाखाँची, मंसिर १२ : अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको....

अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो

अर्घाखाँची, मंसिर १२ : अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटना हुँदा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, मंसिर १२, २०७६