Kathmandu Press

सिरियामा आइएसका एक कमाण्डर मारिए

सिरियामा आइएसका एक कमाण्डर मारिए

सिरिया, साउन ३१  : सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् ।सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ।

यहाँका सञ्चारमाध्यमहरुले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमाण्डर मारिएका छन्।

सिरियाली सेनाले मारिएका ती कामाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ । मारिएका ती कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि समाचारमा जनाइएको छ।

दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए।

यहाँको सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, साउन ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्