Kathmandu Press

धौलागिरि ‘आइसफल’ पदमार्ग निर्माण शुरु

बेनी, साउन ३१ : म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण शुरुआत भएको छ।२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस...
धौलागिरि ‘आइसफल’ पदमार्ग निर्माण शुरु

बेनी, साउन ३१ : म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण शुरुआत भएको छ।

२०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ। चालु आर्थिक वर्ष २०७९÷८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण शुरु गरिएको हो।

Hardik ivf

पर्यटन विभागसँग दुई प्याकेजमा ७७-७७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नाप जाँचसहित पदमार्ग निर्माण शुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताए। उनका अनुसार, यस वर्ष एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ।

आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको कामअघि बढेको कम्पनीले जनाएको छ। पदमार्गअन्तर्गत रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण शुरु भएको छ।

तीन सातादेखि चिमखोलाका २४ ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन्। तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताए।

धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन्।

यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमङ्गले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ। (रासस)

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्