Kathmandu Press

ढोकाले लागेर भक्तपुरमा बालिकाको मृत्यु

काठमाडौं, साउन ३१ : भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।स्थानीय तिलकप्रसाद गौतमको घरको...
ढोकाले लागेर भक्तपुरमा बालिकाको मृत्यु

काठमाडौं, साउन ३१ : भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।

ढोका ढलेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०६:५३ बजे, मंगलबार, साउन ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्