Kathmandu Press

बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण

काठमाडौं, साउन ३० : बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेशसभाबाट हालै पारित भई आएको...
बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण
Hardik ivf

काठमाडौं, साउन ३० : बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेशसभाबाट हालै पारित भई आएको तीनवटा विभिन्न विधेयक आज प्रमाणीकरण गरेका छन् । 

उनले प्रमाणीकरण गर्नुभएको विधेयकहरुमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ रहेका छन् । 

यसैगरी प्रदेश अुनसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ लाई पनि उनले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: २०:३० बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्