युवा उद्यमी कंडेलले काठमाडौं ५ बाट उम्मेदवारी दिने
काठमाडौं, साउन ३० : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी बिजय कंडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी...
काठमाडौं, साउन ३० : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी बिजय कंडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।
सोमबार सामाजिक सन्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै कंडेलले देशमा ब्याप्त विकृती अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरि देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताएका हुन ।
‘राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौ, तर नागरिकको जीवनस्तर जहाको त्यही रह्यो, कंडेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन, ‘लोकतन्त्र आयो, तर भुइमान्छेहरुले त्यसको महशुस कहिल्यै गर्न पाएनन । यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कंडेलको भनाइ छ ।
करिब चार दशक लामो जीवनमा देश बिदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कंडेलले आफ्नो अनुभव र सिपका आधारमा रास्ट्र निर्माणमा लाग्न तत्पर रहेको बताए ।
काठमाडौंको बालुवाटार निवासी कंडेल विभिन्न सामाजिक गतिविधि र ब्यापार व्यवसायमा संलग्न छन । उनका हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय संचालनमा छन ।












