अधिकारी रासस सञ्चालक सदस्य मनोनयन
काठमाडाैं, साउन ३० : सरकारले रासस सञ्चालक समिति सदस्यमा दसौं तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ। राष्ट्रिय समाचार समिति ऐन, २०१९ को...
काठमाडाैं, साउन ३० : सरकारले रासस सञ्चालक समिति सदस्यमा दसौं तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ।
राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सञ्चालक सदस्यमा मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। उनलाई यही साउन २० गतेको मन्त्रिस्तरीय निर्णयबाट आगामी चार वर्षका लागि सञ्चालक सदस्यमा मनोनयन गरिएको हो।
२३ वर्षअगाडि सेवा प्रवेश गरेका अधिकारी राससको आलेख सम्पादन शाखाका प्रमुख छन्। उनले यसअघि प्रमुख समाचारदाता, समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका छन्।
प्रकाशित मिति: १८:१३ बजे, सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












