Kathmandu Press

रानीपोखरी पुनर्निर्माणको काममा डोजर चलाएकोप्रति उपमेयरको आपत्ति

काठमाडौं, मंसिर ११ : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले ऐतिहासिक सम्पदा क्षेत्रमा डोजर चलाएको आपत्ति जनाएकी छिन्।

अकुपाइ ट....

रानीपोखरी पुनर्निर्माणको काममा डोजर चलाएकोप्रति उपमेयरको आपत्ति

काठमाडौं, मंसिर ११ : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले ऐतिहासिक सम्पदा क्षेत्रमा डोजर चलाएको आपत्ति जनाएकी छिन्।

अकुपाइ टुँडिखेलका अभियन्ताको आग्रहमा बुधबार कर्मचारीसहित रानीपोखरी र टुँडिखेल अवलोकनमा निस्किएकी उपमेयर खड्कीले लामो विवादपछि पुरानै शैलीमा उपभोक्ता समितिको सक्रियतामा पुनर्निर्माण हुन लागेको रानीपोखरीको काममा अन्तिम चरणमा डोजर लगाएकोप्रति आपत्ति जनाएकी हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग पुरानै शैलीमा निर्माण गर्ने सहमति भएपनि अहिले डोजरबाट काम भइरहेको देख्दा आफू आश्चर्यमा परेको उनले बताइन्।
भूकम्पले क्षति पुगेको रानीपोखरीको पुननिर्माणको काम अझै सकिएको छैन। 

महिलाहरु कामबाट हटाइयो

रानीपोखरी पुनर्निर्माणका लागि खटाइएका महिलाहरुलाई कामबाट निकालिएको छ। उपभोक्ता समितिका अनुसार व्यक्तिबाट भन्दा मेसिनबाट काम छिटो हुने भएकाले उनीहरुलाई विदा गरिएको हो। समितिका सचिव रोशनकाजी तुलाधरले छिटो पुनर्निर्माणको काम सक्न डोजरको प्रयोग गरिएको बताए।

उनका अनुसार माटो राख्ने काम सकिएपछि महिलाहरुलाई फेरि काममा बोलाइने छ। पोखरीको छेउछाउमा पर्खाल लगाउने काम सबै हातबाटै गरिएको उनले बताए। 
पिँधको फोहोर माटो हटाउन र कालो माटो राख्नका लागि मात्रै डोजर प्रयोग गरिएको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए।

उनका अनुसार डोजरलाई ढुवानीको साधनका रुपमा प्रयोग गरिएको र सम्पदा क्षेत्रलाई असर गर्ने गरी काम गरिएको छैन।
 

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्