Kathmandu Press

इरानी प्रतिनिधिमण्डल काबुलमा

इरानी प्रतिनिधिमण्डल काबुलमा

काबुल, साउन ३० : सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै गएपछि काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ। 

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो। 

आइतबार राती इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरू बीच भएको सीमा विवाद भएको थियो। इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकू मारिएका छन् भने अर्का एक जना घाइते भएका तालिबान सीमा कमाण्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जानकारी दिएको छ।  

आइतबारको गोली हानाहानमा दुवै पक्षले एक अर्कालाई पहिलो गोली हानेको आरोप लगाएका छन्। इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरू बीच झडप भएको इरानी सञ्चार माध्यमले जानकारी दिएको छ।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, साउन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्