Kathmandu Press

इजरायली प्रहरीले गर्‍याे प्यालेस्टिनीको हत्या

जेरूसेलम, साउन ३० : इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित  एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी...
इजरायली प्रहरीले गर्‍याे प्यालेस्टिनीको हत्या

जेरूसेलम, साउन ३० : इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित  एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ।

हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ।  मारिएका ती व्यक्ति २१ बर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ। 

ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ। जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो। 

यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो।  मारिएका व्यक्तिका बुबा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताएका छन्। 

उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुबा इब्राहिमले दाबी गरेका छन्। प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, साउन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्