Kathmandu Press

अफगानिस्तानमा बाढीपहिरोका कारण १७ जनाको मृत्यु

काबुल, साउन ३० : अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ।देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका...
अफगानिस्तानमा बाढीपहिरोका कारण १७ जनाको मृत्यु

काबुल, साउन ३० : अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ।

देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन्।   

Hardik ivf

शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोमबार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्यधिक बर्षापछि बाढी पहिरो आएको हो। 

मृत्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जिल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए। 

बाढी पहिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बेपत्ता भएको बताइएको छ। यस बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन्। 

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको र त्यसका लागि उद्धारकर्ता तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। बाढी पहिरोका कारण मृत्यु भएका, बेपत्ता भएका, घाइते भएका र क्षति भएकाको विवरण स्पष्ट भइनसकेको सरकारी अधिकारीहरुको भनाइ छ। 

गत महिना मात्रै अफगानिस्तानमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको र धेरै भौतिक संरचनामा क्षति भएको थियो।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्