Kathmandu Press

हुम्लामा टिप्पर दुर्घटना, तीनको मृत्यु

हुम्ला, मंसिर ११ : हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएक....

हुम्लामा टिप्पर दुर्घटना, तीनको मृत्यु

हुम्ला, मंसिर ११ : हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा  नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा र नोरी लामाको मृत्यु भएको  प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।  टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ। घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

टिप्पर चालक काभ्रे  बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन्। चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको आशंका गरिएको छ।
 

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्