Kathmandu Press

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे

काठमाडौं, साउन ३० : बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ। यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क...
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे

काठमाडौं, साउन ३० : बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ। यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ । 

बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए। ‘यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ,’ चौधरी भन्छन्, ‘बाघ देख्दा उनीहरु खुशी हुन्छन्” । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ। निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । ‘यो सङ्ख्या हाम्रो लागि सुःखद हो,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने,‘अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ।

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, साउन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्