Kathmandu Press

सोमालियामा अल सेबाबका १३ लडाकु मारिए

मोगादिसु, साउन ३० : सोमालियाको सेना र यहाँको संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तीमा पनि १३ जनाको ज्यान गएको छ।मध्य...
सोमालियामा अल सेबाबका १३ लडाकु मारिए

मोगादिसु, साउन ३० : सोमालियाको सेना र यहाँको संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तीमा पनि १३ जनाको ज्यान गएको छ।

मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ।

सोमाली नेसनल आर्मी रेडियोले दिएको जानकारीअनुसार आइतबार यहाँको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका छन्।

हिरान क्षेत्रमा भएको आतङ्कवादीविरुद्ध कारबाहीमा ती लडाकू मारिएका सो रेडियोले जनाएको छ। उक्त कारबाहीका क्रममा परी अरु केही लडाकू घाइते भएका र अल सबाबका लडाकू भएका आश्रयस्थलहरु पनि ध्वस्त बनाइएको छ।

यहाँका अल सेबाब लडाकूहरुका विरुद्धमा सोमालियाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले संयुक्त रुपमा आतङ्कवादीविरुद्ध कारबाही थालेका छन्।

पछिल्ला दिनहरुमा अल सेबाबले यस क्षेत्रमा हिंसात्मक क्रियाकलाप सञ्चालन गर्दै आएकाले सो कारबाही अघि बढाइएको बताइएको छ।

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, साउन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्