Kathmandu Press

भारतमा १४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा १४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, साउन ३० : भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन्। 

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ।

Hardik ivf

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ। 

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार ६९ व्यक्तिको मृत्यु भइसकेको छ। 

भारतमा हिजो एक दिनमा १४ हजार दुई सय ३८ जना कोरोना मुक्त भएका छन्। यसैसँगै  कूल चार करोड ३६ लाख २३ हजार आठ सय चार जना कोरोनामुक्त भएका छन्।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ। 

भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोडभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्