Kathmandu Press

एनसेलले ६ शहरमा ‘एनसेल मेला’ गर्ने

काठमाडौं, मंसिर ११ : एनसेलले देशको विभिन्न ६ शहरमा एनसेल मेला २०७६ आयोजना गर्नेभएको छ।  एनसेलले बुधबार विज्ञप्ति जारी गर्दै इटहरी, बिर्तामोड, जनक....

 एनसेलले ६ शहरमा ‘एनसेल मेला’ गर्ने
एनसेल

काठमाडौं, मंसिर ११ : एनसेलले देशको विभिन्न ६ शहरमा एनसेल मेला २०७६ आयोजना गर्नेभएको छ।  एनसेलले बुधबार विज्ञप्ति जारी गर्दै इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा मेला आयोजना गरिने जनाएको छ । एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ भन्ने नाराका साथ आयोजना गर्न लागको हो । यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य पनि राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरु राखिनेछ । एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ । मंसिर २८ गते इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,  पुष ३ गते जनकपुरको बाह्र बिघा मैदान र  पुष ५ गते वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिने भएको छ । त्यसैगरी उक्त मेला पुष ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपि चौकी मैदानमा आयोजना हुनेछ भने पुष १२ गते बुटवलको सिद्घेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना पछि समापन हुनेछ। 

मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती हुनेछ। वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन्।  

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् । 
मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन्।  
 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्