Kathmandu Press

भदौ ८ देखि खप्तड लघुवित्तले आइपिओ खुलाउने

काठमाडौं, साउन ३० : पछिल्लो समय विभिन्न कम्पनीका आइपिओ धमाधम आइरहेका छन्।यसैक्रममा खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ देखि सर्वसाधारणका लागि १ करोड...
भदौ ८ देखि खप्तड लघुवित्तले आइपिओ खुलाउने

काठमाडौं, साउन ३० : पछिल्लो समय विभिन्न कम्पनीका आइपिओ धमाधम आइरहेका छन्।

यसैक्रममा खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ देखि सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गर्ने भएको छ। जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन हुनेछ। यीमध्ये ६ हजार ६ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीका लागि छुट्याइएको छ।

Hardik ivf

बाँकी १ लाख २३ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।सर्वसाधारणले आइपिओका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्