Kathmandu Press

योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

किमान्थांका, साउन ३० : विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा  उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुङ्गे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको...
योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

किमान्थांका, साउन ३० : विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा  उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुङ्गे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा  रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए। 

स्थानीय मानबहादुर तामाङ १९.९२, तिलकबहादुर तामाङ चार दशमलव ४८, ग्यामबहादुर सुब्बा चार, धनमाया श्रेष्ठ दुई दशमलव  दुई, केशरबहादुर श्रेष्ठ एक दशमलव ५४ र सफलमाया श्रेष्ठको १६।७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले बताए। जग्गा खरिद गर्न सरकारले समितिको नाममा सात करोड विनियोजन गरिसकेको छ।  

Hardik ivf

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन्।

विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको तीन  सय ७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा दुई सय  ३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गरेका थिए। उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उहाँको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो। 

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्