Kathmandu Press

गोली प्रहारबाट युवक घाइते

रुपन्देही, साउन ३० : रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया...
गोली प्रहारबाट युवक घाइते
Hardik ivf

रुपन्देही, साउन ३० : रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।  

गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो।  

रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ। सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ।  

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्