Kathmandu Press

माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै छ।आज दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने...
माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै छ।

आज दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने जनाइएको छ। स्थायी समिति बैठकमा आगामी निर्वाचनको तयारीबारे छलफल हुने भएको छ।

यससँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यका विषयमा पनि छलफल हुने भएको छ। डा. भट्टराईले आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए।

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा माओवादीकै चुनाव चिह्न लिन डा. भट्टराई तयार भएका छन्। यसबारे आजै सहमति हुनसक्ने जनाइएको छ।

त्यसअघि माओवादी स्थायी समिति बैठकमा छलफल हुन लागेको हो। यरबारे स्थायी समिति बैठकले निर्णय गर्ने भएको छ।

प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, साउन ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्