Kathmandu Press

ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत, साउन ३० : ब्राउन सुगरसहित सुर्खेतको वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार जना पक्राउ परेका छन्।कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र...
ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत, साउन ३० : ब्राउन सुगरसहित सुर्खेतको वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार जना पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले टोलीले वीरेन्द्रनगर नगपालिका–४ समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

Hardik ivf

विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले खानतलासी गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए। लागूऔषधसहित २६ हजार तीन सय रुपैयाँ पनि बरामद गरी गरिएको छ।

त्यसैगरी, प्रहरीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत घिमिरे डाँडा क्षेत्रबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्