Kathmandu Press

भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद

झापा, साउन २९ : भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार रूपैयाँ बराबरको ३१ बोरा चिनी आज प्रहरीले...
भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद
Hardik ivf

झापा, साउन २९ : भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार रूपैयाँ बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ।

गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताए।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्