Kathmandu Press

सिम्ता गाउँपालिका : बँदेलले गरयो बाली नष्ट

सुर्खेत, साउन २९ : सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ। सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले...
सिम्ता गाउँपालिका : बँदेलले गरयो बाली नष्ट

सुर्खेत, साउन २९ : सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ। सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन्।

बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ। स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर (तिरो) नतिर्ने चेतावनी दिएका छन्। केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतङ्क मच्चाएको बताए। 'दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन्। हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे,' उनले भने,'मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन्। बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।' मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा चिन्तित छन्।

स्थानीयका अनुसार बँदेलले रोपेको धान फाँडेर नष्ट गरिदिएको छ। स्थानीय पृथ्वीबहादुर सिंहले बँदेलले अधिकांश कृषकको मकै, धान, तरकारीलगायत बाली नष्ट गरेको छ भने। उनले भने,'यो एउटा दुईटा घरको समस्या होइन, सिङ्गो वडाको ठूलो समस्या हो, हिउँदमा पनि धेरै क्षति भोगियो, बर्खामा पनि केही राखेन, भोलि गाउँपालिकामा पुगेर दबाब दिन्छौँ। सुनुवाइ नभए कर तिर्दैनौँ।' बँदेलकै कारण सिंगो गाउँले खाद्यान्न अभावको अवस्था भोग्नुपर्ने उनले बताए।

प्रकाशित मिति: २०:३२ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्