Kathmandu Press

जङ्गली जनावरको आक्रमणबाट दुईको मृत्यु

कर्णाली, साउन २९ : भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती...
जङ्गली जनावरको आक्रमणबाट दुईको मृत्यु
Hardik ivf

कर्णाली, साउन २९ : भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जङ्गलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

'उनीहरु आज आफ्नो घरदेखि तीन/चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जङ्गलमा) घाँस काट्न गएका रहेछन्,' सूचना अधिकारी कार्कीले भने, 'घाँस काट्न गएका उनीहरु अबेरसम्म नफर्किएपछि आफन्तले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे।'

खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोज तलास गर्दै जाँदा दुवैलाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उनले बताए।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्