१३ औँ साग : महिला भलिबलमा नेपालको विजयी सुरुवात
काठमाडौं, मंसिर ११ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित रा....
काठमाडौं, मंसिर ११ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।
पहिलो जित हात पार्ने क्रममा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा हरायो।
समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो।






