Kathmandu Press

आतंकवादी हमलामा पाकिस्तानमा दुई सैनिकको मृत्यु, एक घाइते

आतंकवादी हमलामा पाकिस्तानमा दुई सैनिकको मृत्यु, एक घाइते

इस्लामाबाद, साउन २९ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि भएको आतङ्ककारी हमलामा दुई सैनिकको मृत्यु हुनाका साथै अर्का एक जना अधिकृत घाइते भएको सेनाले आइतबार जनाएको छ।

शनिबार अबेर राति सुरक्षा बलले सो प्रान्तको हर्नाई जिल्ला नजिकै खोस्ट क्षेत्रमा भएको अग्नि आक्रमणलाई विफल पारेको थियो।
आगलागी गरेर भागेका आतङ्ककारीहरूलाई लखट्ने क्रममा  दोहोर झडप हुँदा उक्त घटना घटेको हो। 

झडपका क्रममा दुई जना सिपाहीको मृत्यु भएको छ भने अर्का अधिकृत घाइते भएका छन्।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्