Kathmandu Press

जनताले सरकारको मुल्यांकन गरेर भोट हाल्नुपर्छ: पौडेल

पोखरा, मंसिर ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लंघन गर्न नहुने बताएका छन्।
   ....

जनताले सरकारको मुल्यांकन गरेर भोट हाल्नुपर्छ: पौडेल
फाइल

पोखरा, मंसिर ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लंघन गर्न नहुने बताएका छन्।
    
नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा पौडेलले अहिलेको चुनाव जनताले वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएकाले  यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए। 

कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने उनको भनाइ छ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उनले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गरे। 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्