Kathmandu Press

इजिप्टको कोप्टिक चर्चमा भीषण आगलागी, ४१ जनाकाे मृत्यु

कायरो, साउन २९ : इजिप्टको कोप्टिक चर्चमा आइतबार बिहान प्रार्थनाका क्रममा भएको आगलागीमा ४१ जनाको मृत्यु भएको छ।इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा...
इजिप्टको कोप्टिक चर्चमा भीषण आगलागी, ४१ जनाकाे मृत्यु

कायरो, साउन २९ : इजिप्टको कोप्टिक चर्चमा आइतबार बिहान प्रार्थनाका क्रममा भएको आगलागीमा ४१ जनाको मृत्यु भएको छ।

इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा कायरोको समयअनुसार बिहान आगलागी हुँदा ४१ जनाको मृत्यु र ५५ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेलाई एम्बुलेन्सबाट उपचारका लागि अस्पताल लगिएको मन्त्रालयले जनाएको छ।

चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरमा बिजुलीको खराबीका कारण धेरै कक्षाकोठामा आगलागी भएको प्रहरीको आरम्भिक अनुसन्धानले देखाएको मन्त्रालयको भनाइ छ।

आगो नियन्त्रणमा आइसकेको जनाइएको छ। दमकलकाे सहाराबाट आगो नियन्त्रणमा आइसक्दा पनि कतिपयको निसासिएर मृत्यु भएको जनाइएको छ। 

पीडितहरू ठुलो संख्यामा बालबालिका रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनाप्रति इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले दुख व्यक्त गरेका छन्।

‘म दुःखद दुर्घटनाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु... र मैले सबै सम्बन्धित राज्य संस्थाहरूलाई यस घटना र यसको असरलाई तुरुन्तै सम्बोधन गर्न र घाइतेहरूलाई स्वास्थ्य सेवाको सबै पक्ष उपलब्ध गराउन निर्देशन दिएको छु,’ उनले फेसबुकमार्फत भनेका छन्।

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्