Kathmandu Press

सिंहका शिशुले गाजामा ल्याए खुसीयाली

गाजा, साउन २९ : युद्धले क्षतिग्रस्त गाजा सहरमा सिंहका नवजात शिशुले खुशीयाली ल्याएका छन्। यहाँको चिडिया घरमा दुर्लभ रमाइलो दृश्य देखेका सबैले युद्धले...
सिंहका शिशुले गाजामा ल्याए खुसीयाली

गाजा, साउन २९ : युद्धले क्षतिग्रस्त गाजा सहरमा सिंहका नवजात शिशुले खुशीयाली ल्याएका छन्। यहाँको चिडिया घरमा दुर्लभ रमाइलो दृश्य देखेका सबैले युद्धले थोपरेको तनावबाट केही आनन्द महसुस गरेका छन्। 

शनिबार यहाँको चिडियाखानामा सिंहका तीनदिने तीनवटा शिशु प्रदर्शनीमा राखिएको थियो। नामा चिडियाखानामा शनिबार सिंहका छाउराको प्रदर्शनीले बालबालिकामात्र नभइ वयस्कहरू पनि आल्हादित भएका थिए। इजरायली विमानले बम वर्षा गरिरहँदा प्रसव वेदनाले छटपटाएकी सिंहीनीले यस पटक भने स्वस्थ शिशु जन्माइन्। यसअघि उनको गर्भपात भएको पशु चिकित्सक महमुद अल सुल्तानले बताए। 

Hardik ivf

कर्कश र चर्को आवाजबाट  जङ्गली जनावरलाई तनाव हुने र पिँजरामा कैद उच्च गर्जन भएको जङ्गलको राजालाई मात्र होइन तारन्तारको बमबारीले अन्य जनावरलाई पनि जोखिममा पार्ने उनी बताउँछन्। 

इजरायलसँगको द्वन्द्वका कारण विगतमा यहाँका केही निजी चिडियाघरका पशु आहारा नपाएर  मरेका थिए भने केही भने मानव–मानवबीचको झगडमा मारिएका थिए। पशुकल्याणका निम्ति कार्यरत अन्तर्राष्ट्रिय समूहले यहाँका सिंह र बाघलाई जोर्डन र अफ्रिकाका आरक्षण केन्द्रमा सारिएका थिए। चिडियाघरबाट पशुलाई स्थानान्तरण वा उद्धार गर्नु आफैमा कठिन र चुनौतीपूर्ण काम हो भने त्यसको आर्थिक लागत पनि तुलनात्मकरूपमा बढी हुन्छ। 

यहाँका विद्यालयले बालबालिकालाई नियमितरूपमा चिडियाखानाको भ्रमण गराउने गरेका छन्। हरेक विद्यार्थीबाट प्रवेश शुल्कबापत एक अमेरिकी डलर लिइन्छ जुन चिडियाघरको खर्च व्यवस्थापनमा उपयोग गरिन्छ। नामा चिडियाखानामा सिंह र बाघबाहेक विभिन्न प्रजातिका चराचुरूङ्गी, बाँदर, ब्वासा, हरिण र स्याल पनि छन्। 

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्