Kathmandu Press

मन्त्रालय हेरफेरले मेरो अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

जनकपुरधाम, मंसिर ११ : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषदमा आफ्नो जिम्मेवारी हेरफेर अपमानको वि....

मन्त्रालय हेरफेरले मेरो अपमान भएको छैन : उपप्रधानमन्त्री यादव
फाइल

जनकपुरधाम, मंसिर ११ : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषदमा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट पारेका छन्।

जनकपुरधाममा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताए। उनले मन्त्रिपरिषदमा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गरे। 

फरक प्रसंगमा समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेसलाई दबाउने मनसाय राख्नु गलत मानसिकता भएको बताए।  

उनले संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको बताए। उपप्रधानमन्त्री यादवले संविधान अपूर्ण रहेकाले संशोधन हुनु पर्ने बताए।  उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए।
 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, मंसिर ११, २०७६