Kathmandu Press

पाकिस्तानमा ६० वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या

इस्लामाबाद, साउन २९ : पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ। यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई...
पाकिस्तानमा ६० वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या

इस्लामाबाद, साउन २९ : पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ। यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ। 

हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पार्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको डन अखबारले प्रहरी जानकारी दिएको छ। 

Hardik ivf

एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मको बारेमा प्रश्न गरेको जनाइएको छ। आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र  उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो। आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान ९टीएलपी० को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्