Kathmandu Press

जेरुसेलममा बसमा गोली चल्दा सात घाइते

जेरुसेलम, साउन २९ : जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ।पुरानो शहरमा स्थानीय समयानुसार शनिबार...
जेरुसेलममा बसमा गोली चल्दा सात घाइते

जेरुसेलम, साउन २९ : जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ।

पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो। रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। 

प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो। उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्