Kathmandu Press

७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व नेकपाकै कारण : प्रचण्ड

पोखरा, मंसिर ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्। 

....
७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व नेकपाकै कारण : प्रचण्ड

पोखरा, मंसिर ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्। 

नेकपाले बुधबार पोखरामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारको स्थिरतामा कमी नआउने स्पष्ट पनि पारेका हुन्। उनले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
    
प्रचण्डले नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको बताए। नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको उनको दाबी छ। उनले नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएकाले विजयी बनाउन आग्रह गरे। 
    
नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको बताउँदै प्रचण्डले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको बताए।

पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग निकाल्दै प्रचण्डले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोलेको बताए। उनले राष्ट्रियताका विषयमा अब कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, मंसिर ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्