Kathmandu Press

झापाको कचनकवलमा भोलि सार्वजनिक बिदा

झापाको कचनकवलमा भोलि सार्वजनिक बिदा

झापा, साउन २९ : झापाको कचनकवल गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गाउँपालिकाले आज (आइतबार) एक सूचना जारी गरेर सार्वजनिक बिदाबारे जानकार िदिएको हो। 

कचनकवल–१ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक वर्ष साउनको अन्तिम सोमबार मेला लाग्ने भएकाले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकुमार बस्नेतले जानकारी दिए। 

सोमबार गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्