Kathmandu Press

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

इस्लामाबाद, साउन २९ : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना...
पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

इस्लामाबाद, साउन २९ : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ। त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन्। तर भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भएको समाचारमा जनाइएको छ।

उद्धार टोलीले शुरुमा बसबाट शव निकाल्दाँ पाँच जनाको मृत्यु भएको जनाइएको थियो। तर घाइते भएकाहरुको मृत्युपछि उक्त सङ्ख्या १३ पुगेको उद्धार अधिकारीहरूले बताएका छन्।

बाँकी घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ। पाकिस्तानमा मुख्यतया खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका प्रायः सडक दुर्घटनाहरू हुने गरेका छन्।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्