देउवाले लिए प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं, मंसिर ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी ....

काठमाडौं, मंसिर ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरारिसक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका् उनका सहयोगी भानु देउवाले जानकारी दिए।
डा श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हिजोभन्दा आज सुधार हुँदै गएको जानकारी देउवालाई दिएका थिए। पूर्वी जिल्लाको कार्यक्रम सकेर फर्किएका देउवा त्रिभुवन विमानस्थलबाट सिधैँ अस्पताल पुगेका थिए।
मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई बुधबार बिहानमात्रै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ।











-1784808429.png)