Kathmandu Press

विज्ञान पत्रकारिता मञ्चको अध्यक्षमा पोखरेल

विज्ञान पत्रकारिता मञ्चको अध्यक्षमा पोखरेल

काठमाडाैं, साउन २९ : विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था विज्ञान पत्रकारिता मञ्च नेपाल (नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स) को अध्यक्षमा राजन पोखरेल चयन भएका छन्। 

राजधानीमा सम्पन्न मञ्चको नवौँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो। करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अङ्ग्रेजी दैनिक दि हिमालयन टाइम्सका निमित्त सम्पादक हुन्।

मञ्चको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसैगरी सदस्यमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी छानिएको मञ्चले जनाएको छ। मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। 
 
मञ्चका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डङ्गोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको कार्यक्रम समिति गठन गरिएको छ।

समितिले मञ्चको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवद्र्घन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, साउन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्